कीवर्डहरू -

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माशमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट र ३५०० रुपैयाँमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा ३५०० रुपैयाँ शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५ प्रतिशत छुट पाउने छन्  ।

यल्लो प्यागोडा होटलले काठमाण्डौं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यागोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक हरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।