कीवर्डहरू -

यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप

यी हुन् सन् २०२० मा सबैभन्दा बढी डाउनलोड गरिएका १० मोबाइल एप

२०२० कसैले नसोचेको जस्तो वर्ष बन्न पुग्यो । कहिले फुर्सद नभई चलिरहने जनजीवन भने अचानक ठप्प बन्न पुग्यो । यही विसम परिस्थतिमा पनि भने प्रविधिले नै केही राहत दिएको छ ।

सामाजिक दूरी कायम गर्नका लागी ‘वर्क फर्म होम’ को सोच आयो र यो भने प्रविधिको सहयोगले मात्रै सम्भव हुन पुग्यो । प्रविधिको क्षेत्रमा एक दशकमा आउने परिवर्तनहरु केही महिनामा नै सम्भव हुन पुग्यो ।

मान्छेहरुले काम गर्न र समय बिताउनका लागी प्रविधि मात्रै एक उपाय देखेपछि यसको प्रयोग अत्याधिक मात्रामा बढेको छ । मोबाइल एपको प्रयोग पनि दिनदिनै बढ्दै गएको छ ।

मोबाइल एपको प्रयोग दिनदिनै बढ्दै गएको बेला आज हामी सन् २०२० मा विश्वमा सबभन्दा बढी डाउनलोड भएका १० एपहरुको बारेमा जानकारी दिदैछौं ।

१. टिकटक
२. फेसबुक
३. ह्वाट्सएप
४. जूम
५. इन्स्टाग्राम
६. फेसबुक मेसेन्जर
७. गूगल मीट
८. स्न्यापच्याट
९. टेलिग्राम
१०. लाइकी