कीवर्डहरू -

पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी 

पुस १७ गतेदेखि शुरू हुँदैं नेपाल टेलिकमको एनटी टिभी 

नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटी टिभी ब्राण्डमा फाइबर टू दि होम (एफटिटिएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ ।

हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि थप गर्न लागेको हो ।

कम्पनीको एनटि टिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यका भित्रका सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी, गोंगबु, पाटन, हात्तिर्गौडा, जोरपाटी, किर्तिपुर, सैबु, लुभु, नक्साल तथा उपत्यका बाहिर बनेपामा एफटीटीएच नेटवर्क पुगिसकेका र प्राविधिक रुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुनेछ ।

हाल कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहकले एनटि टिभि सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

एनटि टिभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट एसटिबी (सेट अप बक्स) खरिद गर्नु पर्दछ भने ग्राहकले प्रयोग गरिरहेको ट्रेडिस्नल टिभि सेट र आधुनिक डिजिटल टिभि सेटमा एनटि टिभी हेर्न सकिन्छ ।

विभिन्न राष्ट्रिय टिभि च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटि टिभि सेवा कम्पनीले विभिन्न प्याकेजमा वितरण गर्नेछ र ग्राहकले आफ्नो आवश्यकता र उपयुक्तता अनुसारको प्याकेज छनौंट गरी सेवा लिन सक्ने छन् ।

प्याकेज तथा दररेट सम्बन्धि जानकारी कम्पनीको वेबसाइट तथा अन्य माध्यमहरुबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

साथै, एनटि टिभि सम्बन्धमा ग्राहकलाई उपयोगी हुने थप जानकारी एफएक्युको रुपमा तथा सेट अप बक्स र एफटिटिएच राउटर बिचको कनेक्सन सम्बन्धि जानकारीहरु भिडियो क्लिप जस्ता उपयुक्त माध्यमबाट ग्राहकको सुविधाका लागि उपलब्ध गराउने तयारी भइरहेको छ ।

कम्पनीका भ्वाइस सेवा, डाटा सेवा र टिभि सेवा एउटै फाइबरको माध्यमबाट उपलब्ध हुने भएकोले कम्पनीका सेवाहरु ग्राहकलाई थप आकर्षक हुने अपेक्षा गरिएको छ ।