कीवर्डहरू -

एमआई ११ फोनमा साओमीले चार्जर नदिने  

एमआई ११ फोनमा साओमीले चार्जर नदिने  

एप्पल सँगै अरु ठूल्ठूला फोन कम्पनीहरुले पनि आफ्नो बक्सबाट चार्जर निकाल्न थालेका छन् । यही दौडमा साओमी पनि सामिल हुने भएको छ । साओमीले आफ्नो एमआई ११ मा चार्जर नराख्ने घोषणा गरेको छ ।

यसको कारण पनि एउटै रहेको छ । धेरै जना सँग पहिलेको पुरानो चार्जर हुने गर्दछ र हरेक बक्समा चार्जर नदिन थालेपछि यो वातावरण मैत्री हुनेछ । साओमीले यस विषयमा आज कन्फेरेन्स पनि गर्ने भएको छ ।

वातावरण मैत्री बनाउनुका साथै यसले साओमीलाई फाइदा पनि गराउनेछ । बक्समा पनि चार्जर बनाउनुको खर्च बच्नेछ र यदि ग्राहकले साओमीकै आधिकारिक चार्जर किनेभने कम्पनीलाई फाइदा हुनेछ ।

कम्प्याटिल एडप्टर नभएसम्म छिटो चार्ज गर्ने सुविधा पाउन सकिदैन र यसका लागी उपभोक्ताले साओमीकै किन्नुपर्ने हुन्छ । सामसङले पनि ग्यालेक्सी एस २१ मा चार्जर हटाइदिएको छ ।