कीवर्डहरू -

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमको ‘एकदाम दुईकाम’ अफर, डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क फ्री

डिशहोमले ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफर अन्तरगत डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशूल्क हुनेछ ।

हाल डिशहोम फाइबर इन्टरनेटको सेवा काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको छ । कम्पनीले अब आफ्नो सेवा काठमाडौं उपत्यका बाहिर पनि विस्तार गर्ने जनाएको छ ।

डिशहोम फाइबर नेटको यो अफर ३ महिना, ६ महिना र १२ महिनाको प्याकेजको रिचार्जमा मात्र लागु हुने कम्पनीले बताएको छ ।

निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।

डिशहोम फाइबर नेटको सेवा अहिले भैंसेपाटी, बुङमती, छम्पी, पेप्सीकोला, कपन, काडाघारी, बागडोल, जोरपाटी, जडिबुटी, बागडोल, सुकेधारा, धुम्बाराही, चप्पल कारखाना, महाराजगंज, बासबारी बानेश्वर, तिनकुने, चाबहिल, बौद्ध, बुढानिलकण्ठ लगायतका ठाउँमा सेवा उपलब्ध रहेको छ ।

डिशअम फाइबर नेटको सेवा उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ । डिशहोमले बिगत एक दशकदेखि डीटीएच सेवा पनि प्रदान गर्दै आएको छ ।