कीवर्डहरू -

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

विद्युतीय सवारीको आयात ८८ प्रतिशतले घट्यो

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्दै लैजाने नीति लिएको भए पनि चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा विद्युतीय सवारीसाधनको आयात ८८ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा ३१५ ओटा विद्युतीय सवारीसाधन आयात भएका थिए । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा ३७ ओटा मात्र विद्युतीय सवारी आयात भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ८८ दशमलव २५ प्रतिशतले कमी हो ।

सरकारले २ वर्षअघि काठमाडौं उपत्यकाको प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको थियो ।

सन् २०२० मा विद्युतीय सवारीको अंश २० प्रतिशत पुर्‍याउने लक्ष्यसमेत लिएको थियो । तर, सरकारले भनाइमा एक र गराइमा अर्को काम गरेकाले विद्युतीय सवारी बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार बनेपछि उहाँले बारम्बार विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिए ।

उनले साझा यातायातअन्तर्गत सञ्चालन गर्नेगरी एशियाली डेभलपमेन्ट बैंकको सहयोगमा पर्यटन मन्त्रालयको मातहतमा किनिएका विद्युतीय बस उद्घाटन गर्दै देश विद्युतीय सवारीसाधनको युगमा प्रवेश गरेको समेत बताए ।

तर, तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले चालू आवको बजेटमा विद्युतीय सवारीमा ७० प्रतिशतसम्म कर वृद्धि गरे । आर्थिक अभियानबाट