कीवर्डहरू -

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

आइसिटी अवार्डको ५ विधाका विजेतालाई २५ हजार बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० अन्तरगतका ५ विधाका विजेतालाई ईसेवाले २५ हजार रूपैयाँ बराबरको एपीआई इन्टिग्रेसन सुविधा निःशूल्क उपलब्ध गराउने भएको छ ।

फोनपे/ईसेवाको तर्फबाट आइसिटी अवार्ड २०२० अन्तरगतका स्टार्टअप, प्रोडक्ट, इन्नोभेसन, राइजिङ स्टुडेन्ट र जुरी मेन्सन विधाका अवार्ड विजेताले २५ हजार बराबरको एपीआई इन्टिग्रेसन निःशूल्क पाउने भएका हुन् ।

यस वर्षको आइसिटी अवार्डको स्टार्टअप विधामा क्रिप्टोजेन नेपाललाई अवार्ड प्रदान गरिएको थियो । भने प्रोडक्ट विधामा सीपीएफडीएसलाई अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी राइजिङ स्टुडेन्ट विधामा सञ्चै छौं, इन्नोभेसन विधामा पाइला इमरजेन्सी रिससीएटर र जुरी मेन्सन विधामा हाम्रो स्वास्थ्यलाई अवार्ड प्रदान गरिएको थियो ।

गत शनिबार सोल्टी क्राउन प्लाजामा ह्वावे आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न १२ विधिमा अवार्ड प्रदान गरिएको थियो । अवार्ड हिमालयन टेलिभिजन, डिशहोम, फेसबुक तथा युट्युबबाट प्रत्यक्ष प्रशारण भएको थियो ।

सन् २०२० को आइसिटी अवार्डमा फोनपे पावर्ड पार्टनरको रुपमा रहेको थियो । भने ईसेवा पेमेन्ट पार्टनरको रुपमा रहेको थियो ।

फोनपे पेमेन्ट सर्भिस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् ।

फोनपेले ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एपमार्फत सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई सेवा दिइरहेको छ । ईसेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।