कीवर्डहरू -

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

आइसिटी अवार्डका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब होस्टिङ निःशूल्क 

ह्वावे आइसिटी अवार्ड २०२० का विजेताहरुलाई जेनस सोलुसनले ५ हजार अमेरिकी डलर बराबरको अमेजन वेब होस्टिङ सेवा प्रदान गर्ने भएको छ ।

आइसिटी अवार्डमा इन एशोसिएसन पार्टनरमा रुपमा रहेको जेनस सोलुसनले अवार्ड अन्तरगतका सबै विधाका विजेतालाई ५ हजार डलर बराबरको अमेजन वेब सर्भिसे (एडब्लुएस) निःशूल्क प्रदान गर्ने भएको हो ।

गत शनिबार सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको थियो । उक्त ग्राण्ड फिनालेमा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सो कार्यक्रममा स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रोडक्ट आइसिटी अवार्ड सीपीएफडीएस, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड सञ्चै छौं, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटर र डिजिटल एजुकेसन अवार्ड बुढानिलकण्ठ स्कूललाई प्रदान गरिएको थियो ।

त्यस्तै पायोनियर आइसिटी अवार्ड निलकण्ठ उप्रेती, आन्ट्रप्रेनर आइसिटी अवार्ड बिनय बोहरा, नेपाली डायसपोरा आइसिटी अवार्ड गौरभ राज उपाध्याय, वमन आइकन आइसिटी अवार्ड तिमिला यमी थापा, मिडिया पर्सन आइसिटी अवार्ड किरण आचार्य र जुरी मेन्सन आइसिटी अवार्ड हाम्रो स्वास्थ्यलाई प्रदान गरिएको थियो ।

जेनस सोलुसन अमेजन वेब सर्भिस, गूगल क्लाउड, माइक्रोसफ्ट अजुरे, अलिबाबा क्लाउड लगायतका सेवा प्रदान गरिरहेको छ । जनेसले क्लाउड सम्बन्धि परामर्शका साथै विभिन्न आइटी सेवा समेत दिदैं आएको छ ।