कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने

राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएको छ । बैंकले स्टार्टअप, प्रोडक्ट र इन्नोभेसन विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने भएको हो ।

गत शनिबार सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको थियो । उक्त ग्राण्ड फिनालेमा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो ।

सो कार्यक्रममा स्टार्टअप आइसिटी अवार्ड क्रिप्टोजेन नेपाल, प्रोडक्ट आइसिटी अवार्ड सीपीएफडीएस र इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड पाइला इमरजेन्सी रिससीएटरलाई प्रदान गरिएको थियो ।

यस वर्षको आइसिटी अवार्डमा राष्ट्रिय वाणिज्य बैंक बैंकिङ पार्टनरको रुपमा रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकले देशभरका आफ्ना शाखा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।