कीवर्डहरू -

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाई १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका-४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्त कुमार उपाध्याय रहेका छन् ।

उनीहरूले इन्स्टाग्राम र ह्वाट्सएपमा फेक आइडी मार्फत सम्पर्क गरी आफूलाई नेदरल्याण्डको नागरिक र केमिकल ईन्जिनियर बताई आईफोन ११ मोबाईल, ल्यापटप र गोल्ड लगायत बहुमूल्य सामानहरुको बक्स गिफ्ट पठाई दिएको र भन्सार बापत रकम पठाउनु पर्छ भनेर प्रलोभन देखाएका थिए ।

पीडितलाई विभिन्न बैंकहरूको खाता नम्बरमा पटक-पटक गरी उक्त रकम जम्मा गर्न लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।