कीवर्डहरू -

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज हुँदैं, यसरी हुनुहोस् सहभागी

शनिबार अर्थात आज डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन हुने भएको छ । डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन कार्यक्रम जेनस सोलुसनले आयोजना गरेको हो ।

डिजिटल पेमेन्ट सम्बन्धि प्यानल डिस्कसन आज साझ ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुनेछ । भर्चुअल रुपमा सञ्चालन हुने यस कार्यक्रममा यहाँ क्लिक गरी आफुलाई दर्ता गरेर सहभागी हुन् सकिने छ ।

यस प्यानल डिस्कसन कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह, एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय, बिजनेस एडभान्टेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरविन्द्र रञ्जित र मेगा बैंक नेपालकी कार्यकारी प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ सहभागी हुनेछन् ।

त्यस्तै कार्यक्रममा मोडरेटरको भूमिका जेनस सोलुसनका ग्लोबल सिटीओ अञ्जनी फँयालले निर्वाह गर्नेछन् । भने कार्यक्रमको सोसल मिडिया पार्टनरको रुपमा आइटी आन्ट्रप्रेनर्स फर नेपाल रहेको छ ।