कीवर्डहरू -

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

बोलेरै खोल्न सकिने नयाँ फ्रिज ल्याउँदैं एलजी

अब एलजीको नयाँ फ्रिजलाई बोलेरै खोल्न सकिने भएको छ । यसलाई इन्स्टाभ्यू फ्रिज भनिन्छ र यो २०२१ मा आउनेछ । हात भरि केही सामान भइरहेको बेला फ्रिज खोल्नुपरेमा यो फिचर काम लाग्न सक्छ ।

यो महामारीमा पनि एकदमै उपयोगी हुनसक्छ किनभने हामीले कहाँ छोइरहेका छौँ भन्ने विषयमा ध्यान पुर्‍याउनुपर्छ । यसमा आवाजकै मद्दतले कति बरफ जमेको छ की छैन , पानीको डिस्पेन्सरको जाँच गर्ने जस्तो सुविधा रहेको छ ।

नयाँ मोडेलमा यूभी लाईटको प्रयोग गरेर कीटाणुरहित पार्ने पनि फिचर रहेको छ । यसको मूल्य तथा सार्वजनिक मिति भने एलजीले सार्वजनिक गरेको छैन् । यो नयाँ फ्रिजको फिचरहरुले भने उपभोक्तालाई आर्कषित गर्ने देखिएको छ ।