कीवर्डहरू -

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

स्मार्टवाच सार्वजनिक गर्दैं वनप्लस 

वनप्लसले आफ्नो पहिलो वाच सन् २०२१ को सुरुमा सार्वजनिक गर्ने भएको छ । यस विषयको जानकारी वनप्लसका प्रमुख कार्यकारी अधिकृत पीट लाऊले टवीटर द्वारा जानकारी दिएका थिए ।

सन २०१६ मा वनप्लसका सहसंस्थापक कार्ल पेईले गोलाकर स्मार्टवाचको चित्र शेयर गरेका थिए । त्यतिखेर नै योजना बनाइएको प्रोजेक्टलाई अब मात्रै कार्यान्वयनमा ल्याइने भएको छ । त्यतिखेर कम्पनीले स्मार्टफोन निर्माणमा ध्यान दिएर यो प्रोजेक्टमा ढिलाई भएको हो ।

कम्पनीले केही दिन अगाडी वनप्लस बड्स निकालेको थियो । अब कम्पनीले स्मार्टवाच मार्केटमा पनि प्रवेश गर्ने भएको छ ।

स्मार्टवाचका बारेमा भने कुनै जानकारी पाइएको छैन् त्यसैले कम्पनीले घडीको पुरानै गोलो डिजाइनलाई राख्छ की राख्दैन भन्ने बारे पनि थाहाछैन् । कम्पनीले मार्च २०२१ मा वनप्लस ९ र ९ प्रो पनि निकाल्ने अनुमान गरिएको छ ।