कीवर्डहरू -

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

ओम्नी च्यानलबाट सानिमा बैंकको डिजिटल बैंकिङ शुरू 

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिन्छ ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् ।

त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।

हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप आफै अद्यावधिक हुनेछ । यदी आफै अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सकिने छ ।