कीवर्डहरू -

सञ्चालनमा आयो फटाफट सेवा, यस्ता छन् छूट तथा सुविधा

सञ्चालनमा आयो फटाफट सेवा, यस्ता छन् छूट तथा सुविधा

फटाफट सेवा सञ्चालनमा आएको छ । ‘जे चाहिन्छ फटाफट पाइन्छ’ भन्ने नाराका साथ फटाफट सेवा सञ्चालनमा आएको हो ।

कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात भएको कम्पनीले जनाएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा आएको फटाफट सेवाले विभिन्न छुट अफर समेत सञ्चालन गर्ने जनाएको छ ।

‘जेन्युन’ मोबाइलका अतिरिक्त विभिन्न प्रकारका एक्सेसरिज, ग्याजेट तथा इलोक्ट्रोनिक सामानहरु अनलाइनमार्फत खरिद गर्न चाहनेहरुका लागि विभिन्न योजनासहित सेवा सुरु गरिएको फटाफट सेवाले जनाएको छ ।

फटाफट सेवा प्रालिले सञ्चालन गरेको ई–कमर्श प्लेटफर्ममा पुराना मोबाइल ल्याएर नयाँ मोबाइल साट्न सकिन्छ भने शुन्य प्रतिशत व्याजदर र डाउन पेमेण्टमा हरेक किसिमका विद्युतीय उपकरणहरु खरिद गर्न सकिन्छ ।

कम्पनीले अजोड इन्स्योरेन्ससँगको मोबाइल बीमा सम्झौता अनुसार फटाफट सेवाबाट खरिद गरिने हरेक मोबाइलको बीमा गरिदिने छ । मोबाइल हराएको खण्डमा, डिस्प्ले फुटेको खण्डमा वा चोरी भएको खण्डमा सो वापतको क्षतीपुर्ती भुक्तान हुने अजोड इन्स्योरेन्सले जनाएको छ ।

छुटै छुट अफरअन्तर्गत फटाफट सेवाबाट कुनै पनि सामान खरिद गर्दा १० प्रतिशत ‘ट्याक्स रिफण्ड’ को व्यवस्था गरिएको छ । यस्तो प्रकारको सुविधा नेपालमै पहिलो पटक प्रदान गर्न लागिएको फटाफट सेवाको दाबी छ ।

सामान खरिद गर्दा अनलाइन पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । फटाफट सेवाबाट खरिद गरेका सामाग्रीहरुको भुक्तानी ईसेवा, सेल पे, फोन पे, खल्ती तथा आईएमई पे मार्फत भुक्तानी गर्न सकिने छ ।

यसका अलावा फटाफट सेवाले मोटरसाइकल तथा स्कूटर खरिद गर्नेहरुलाई १० हजार रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म नगद छुटको व्यवस्था समेत गरेको छ ।

त्यस्तै फटाफट सेवामार्फत मोबाइल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको दुर्घटना उपचार खर्च समेत पाउने व्यवस्था गरिएको जनाएको छ । यसका साथै ‘हट अफर’ अन्तरगत ९० प्रतिशतसम्मको छुटमा सामान खरिद गर्न सकिनेछ ।

ग्राहकहरुले फटाफट सेवा डटकममा ‘अकाउण्ट’ खोल्दा ५०० रिवार्ड प्वाइन्टका साथै अरुलाई ‘रिफर’ गरेमा ५० रिवार्ड प्वाइन्ट प्राप्त गर्न सक्नेछन ।

यसरी प्राप्त हुने रिवार्ड प्वाइन्टलाई फटाफट सेवाबाट सामान किन्दा एक रिवार्ड प्वाइन्ट बराबर एक रुपैंयाको दरले छुटको रुपमा प्रयोग गर्न सकिन्छ । विभिन्न समयमा सञ्चालन हुने अफरमा यस्तो रिवार्ड प्वाइन्टबाट सामान खरिद गर्न सकिन्छ ।

टेलिफोन मार्फत पनि फटाफटसेवामा उपलब्ध मोबाइल तथा सामानहरु अर्डर गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।
यस्तै घर तथा कार्यालयबाट बिग्रेका मोबाइल संकलन गरी मर्मत गरेर डेलिभरी पनि फटाफट सेवाले गरिदिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसबाट मोबाइल मर्मत गर्न प्रयोगकर्ता मर्मत केन्द्रसम्म जानुपर्ने बाध्यता हट्नेछ ।
मोबाइलका अतिरिक्त लत्ता कपडा, घरायसी सामाग्री तथा विद्युतिय उपकरणहरु समेत उपलब्ध गराउँदै लैजाने लक्ष्य फटाफट सेवाले लिएको छ ।

हाल फटाफट सेवाको वेबसाइटबाट सामानहरु खरिद गर्न सकिने छ । कम्पनीले निकट भविष्यमै मोबाइल एप पनि ल्याउने जानकारी दिएको छ ।