कीवर्डहरू -

कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

कोरोनाको रिपोर्ट किन फरक फरक ? यस्तो छ अध्ययनको निष्कर्ष

कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड–१९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनले यस्तो नतिजा देखाएको हो ।

परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले कुनै अस्पताल वा प्रयोगशालाले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको बताए ।

उनले भने, ‘नाकबाट स्वाब संकलन गर्दा आवश्यक तालिमप्राप्त व्यक्ति चाहिन्छ । यो राम्ररी गरेको पाइएन ।’

देशभरका ६४ प्रयोगशालामा अध्ययन गरिएको थियो जसमा ४३ वटा सरकारी र २१ वटा निजी प्रयोगशाला समावेश थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएकाे छ ।