कीवर्डहरू -

क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल

क्लाउड प्रिन्ट बन्द गर्दैं गूगल

गूगलले यो हप्ता देखि आधिकारिक रुपमा क्लाउड प्रिन्टलाई बन्द गर्ने भएको छ । यसले प्रयोगकर्तालाई खासै फरक भने पार्दैन र केही सानो परिवर्तन मात्रै हुनेछ ।

गूगलले क्लाउड प्रिन्टलाई सन् २०१० मा नै सार्वजनिक गरेको थियो । यो क्रोम ओएस डिभाइसको डकुमेन्ट प्रिन्ट गर्नका लागी सार्वजनिक गरिएको थियो । त्यति खेर क्रोम ओएसमा प्रिन्ट गर्न सजिलो थियो ।

सन् २०१७ सालमा कम्पनीले प्रिन्ट गर्ने अप्सन दियो जसले गर्दा नेटवर्कमा रहेको कुनै प्रिन्टरमा जोडेर क्लाउड सँग नजोडिकनै प्रिन्ट गर्न सकिन्छ  ।