कीवर्डहरू -

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल

मिडियाटेक विश्वको सबैभन्दा ठूलो स्मार्टफोन चीपसेट विक्रेता बन्न सफल भएको छ । कम्पनीले सान डीएगोको चीप बनाउने कम्पनीलाई उछिन्दै पहिलो स्थान प्राप्त गरेको हो ।

त्यस्तै अर्को चीपसेट निर्माता क्वालकम फाइभजी चीपसेट बनानका लागी अग्र श्रेणी हासिल गरेको छ । काउन्टरपोइन्टको डेटा अनुसार २०२० मा १०० मिलियन भन्दा बढि मिडियाटेकले पावर गरिएको स्मार्टफोनको विक्री गरिएको थियो ।

यो गत साल भन्दा ५ प्रतिशतले बढेको हो । मिडियाटेकको सबैभन्दा हालको कमाईमा राजस्व नेट ९७,२७५ मिलियन डलर पाइएको छ । यो भनेको एक वर्षमा ५० प्रतिशतले वृद्धि भएको हो ।

यो ताइवानी कम्पनीको वृद्धि भारत, चीन र ल्याटिन अमेरिका जस्तो देशहरुमा मार्केट फैलिएर भएको हो । यो भनेको सम्पूर्ण मार्केटको ३१ प्रतिशत मिडियाटेकले ओगटेको हो र २९ प्रतिशत क्वालकमले लिएको छ ।

यसले ह्वावे प्रतिको यूएस प्रतिबन्धको दूरीलाई पनि घटाएको छ । मिडियाटेकको चीप उपयुक्त मूल्यमा रहेकाले पनि यसले राम्रो गर्न सकेको हो ।