कीवर्डहरू -

फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम

फिचर फोनमा समेत फोरजीमा आधारित भ्वाइस सेवा परीक्षण गर्दैं नेपाल टेलिकम

नेपाल टेलिकमले फोरजीमा आधारित भ्वाइस सेवा फिचर फोनहरुमा पनि परीक्षण गर्ने भएको छ । टेलिमकले फिचर फोनमा भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भीओएलटीई) सेवा परीक्षण गर्ने भएको हो ।

त्यसका लागि टेलिकमले इच्छुक मोबाइल ब्राण्डहरुलाई सहभागी हुन आग्रह गर्दै सार्वजनिक टेण्डर जारी गरेको छ । जसमा आपूर्तिकर्ताहरुले जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्नेछ । भने भ्वाइस ओभर एलटिईको फिचर समेत राखिएको हुनुपर्नेछ ।

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले फोरजी परियोजना अन्तर्गत नै फोरजीमा आधारित भ्वाइस सेवाको परीक्षणलाई अघि बढाएको छ ।

टेलिकमले केही दिनअघि स्मार्टफोनहरुमा विभिन्न फोरजी फ्रिक्वेन्सी ब्याण्ड परीक्षण गर्नको लागि मोबाइल ब्राण्डहरुसँग आह्वान गरेको थियो । कम्पनीले फोरजी सेवाको ८०० मेगाहर्ज ब्याण्ड, १८०० मेगाहर्ज ब्याण्डलाई ध्यानमा राखेर डिभाइसहरुमा त्यसको पहुँच र गुणस्तरको परीक्षण गर्न लागेको छ ।

नेपाल टेलिकमले प्रदान गर्ने अहिलेको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गर्दछ । टेलिकमले देशभर फोरजी विस्तार गरेसँगै त्यसको प्रयोग बढाउनका लागि विभिन्न कार्यहरु गरिरहेको छ । भ्वाइस ओभर एलटिईले उत्कृष्ट आवाज प्रदान गर्दछ ।