कीवर्डहरू -

तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी

तीन फोल्डिङ फोन सार्वजनिक गर्दैं साओमी

साओमीले सन् २०२१ मा तीन ओटा फोल्ड गर्न मिल्ने फोन निकाल्ने भएको छ । यो तीन ओटा फोन छुट्टा छुट्टै डिजाइनका हुनेछन् ।

एउटामा बाहिर बाट फोल्ड गर्न मिल्ने, अर्कोमा भित्रबाट र तेस्रो क्लाम सेल डिजाइनको हुनेछ । बाहिर बाट फोल्ड गर्न मिल्ने फोन भने ह्वावे मेट एक्स जस्तै हुनेछ ।

यसको भित्रबाट फोल्ड गर्न मिल्ने फोन भन्दा स्क्रीन पनि ठूलो हुन्छ । बाहिर बाट फोल्ड गर्न मिल्ने फोन भने ८ इन्चको स्क्रीन जस्तो हुन्छ । केही दिन पहिलेको एक रिपोर्ट अनुसार साओमीले ओएलईडी प्यानल सामसङ्ग र एलजीको अर्डर गरेको थियो ।

यसैले फोल्ड गर्न मिल्ने फोन बनाइरहेको जनाएको थियो । सामसङ्गले पनि २०२१ मा सानो डिस्प्ले भएको ग्यालेक्सी जेड फोल्ड ३ फोन सार्वजनिक गर्ने भएको छ ।