कीवर्डहरू -

पुस २५ र २६ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं 

पुस २५ र २६ गते आइटी करियर कन्क्लेभ आयोजना हुँदैं 

प्रेसिडेन्सीएल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको सयुक्त आयोजनामा ‘आइटी करियर कन्क्लेभ’ हुने भएको छ । आगामी जनवरी ९ र १० अर्थात पुस २५ र २६ गते पीबीएस आइटी करियर कन्क्लेभ आयोजना हुने भएको हो ।

२ दिनसम्म सञ्चालन हुने यस कार्यक्रम विभिन्न सेसनमा सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन अर्थात पुस २५ गते बिहान ११ बजेदेखि १२ बजेसम्म इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री विषयमा पहिलो सेसन सञ्चालन हुनेछ ।

सोही दिन दिउँसो साढे १२ बजेदेखि साढे १ बजेसम्म इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप विषयमा दोस्रो सेसन सञ्चालन हुनेछ ।

\"\"

त्यस्तै सोही दिन नै दिउँसो २ बजेदेखि ३ बजेसम्म  आइटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात क्युएनए सेसन सञ्चालन हुनेछ ।

त्यसैगरी कार्यक्रमको अर्को दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ ।

यस कार्यक्रममा छलफलको लागि विभिन्न सरोकारवालाहरुको सहभागी रहने छ । यस कार्यक्रममा भर्चुअल रुपमा सहभागी हुन सकिने छ ।

भर्चुअल रुपमा सहभागी हुन यहाँ क्लिक गरी आफुलाई दर्ता गर्न सकिने छ । साथै कार्यक्रममा सहभागीहरुले आकर्षक पुरस्कार समेत जित्न सक्ने छन् ।