कीवर्डहरू -

क्यान महासंघको नुवाकोट शाखा गठन

क्यान महासंघको नुवाकोट शाखा गठन

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघको नुवाकोट शाखा गठन भएको छ । क्यान महासंघका केन्द्रिय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यतामा महासंघको नुवाकोट शाखा गठन भएको हो ।

क्यान महासंघको बागमती प्रदेश अन्तर्गतका जिल्ला शाखाहरूमध्ये आठौं शाखाको रूपमा नुवाकोटमा शाखा गठन भएको क्यान महासंघले जनाएको छ ।

गठन भएको क्यान महासंघ नुवाकोट शाखाको प्रबन्ध समितिमा संयोजक पवन नेपाल तथा सदस्यहरू दिलिप शाक्य, लिडर श्रेष्ठ, मनिषकुमार शाह र नारायण घलेलाई चयन गरिएको छ । समितिले महासंघद्वारा तोकिएको समयभित्र सदस्यता वितरण गरि साधारण सभा सम्पन्न गर्नेछ ।