कीवर्डहरू -

लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द

लाइसेन्सको अनलाइन फाराम भर्ने सर्भरमा समस्या, सोमबार सेवा बन्द

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिएपछि सर्भरको मर्मतकार्यका लागि भन्दै यातायात व्यवस्था विभागले पुस २० गते सोमबार अर्थात आज सेवा बन्द गरेको छ ।

विभागले एक सूचना प्रकाशित गर्दैं सोमबार सेवा बन्द भएको जानकारी दिएको हो । यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति विभागले क्षमा समेत मागेको छ ।

\"\"

यातायात व्यवस्था विभागले पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम खुल्ला गरेको थियो ।