कीवर्डहरू -

कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता

कोबिट सिंह बानियाँ बने ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता

पाटन बहुमुखी क्यामपसमा अध्ययनरत कोबिट सिंह बानियाँले ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड (जीएसईए) नेपालका विजेता भएका छन् । जीएसईए नेपाल प्रतियोगिता जनवरी ३ मा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो ।

कोबिट ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड नेपालको विजेता बनेर एकलाख रुपैयाँ समेत जितेका छन् । कोबिटले सन् २०२०/२१ मा हुने जीएसईए ग्लोबल फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

उक्त फाइनल कार्यक्रमले उनले विश्वभरका शिर्ष उद्यमीहरु सँग प्रतिस्पर्धा गरेर २५ हजार अमेरिकी डलर  नगद पुरस्कार जित्ने मौका पनि पाउनेछन् । त्यसैगरी प्रतिस्पर्धामा ४० हजार अमेरिकी डलर भन्दा बढिको टोटल भ्यालु पनि प्राप्त गर्ने मौका पाउनेछन् ।

कोबिटको लिफ प्लस नामक सोसियो इकोनोमिक इन्टरप्राइज सञ्चालन गरिरहेका छन् । उनको कम्पनी समाज र वातावरणलाई सुधार गर्ने लक्ष्यका साथ एरेका खजुरको पातबाट बायोडिग्रेडेबल, डिस्पोजेबल प्लेट बनाउने काममा लागेको छ ।

यस्तो थाल भने रुखबाट झरेको पातबाट बनाइन्छ । यसलाई बनाउने प्रक्रिया पनि वातावरण मैत्री नै रहेको छ ।प्रतिस्पर्धामा दोस्रो स्थान इस्लिङ्टन कलेजका अम्रित प्रसाद चौधरीले हासिल गरेका थिए ।

उनको कम्पनी भने एमईडीएक्स एण्ड इन्टरप्राइजेज हो र यो कम्पनीले स्यानिटरी प्याड तथा महिनावारीमा चाहिने अरु सामाग्रीहरुको उत्पादन तथा आयात गर्ने गर्दछ । यसले गर्दा यी सामाग्रीहरु सस्तो मूल्यमा पाउन सकिन्छ ।

त्यसैगरी तेस्रो स्थानमा किङ्गस कलेजकी सपना तिमिलसिना रहेकी छन् । उनको कम्पनीको नाम होस्टेल नेक्स्टडोर हो जसलाई आधिकारिक रुपमा होटेल काठमाडौँ ट्राभलर प्रालि भनेर सूचित गराइएको छ ।

यो कम्पनी १६ जना मिलेर खोलेका छन् जसमध्ये १४ जना महिला छन् । सबैजना घुम्नमा एकदमै रुचि राख्ने गर्दछन् । यो होस्टेलको मार्फत कम्पनीले ग्राहकहरुलाई राम्रो घुम्ने अनुभव दिन खोजेको छ ।

ग्लोबल स्टुडेन्ट इन्टरप्रेनर अवार्ड (जीएसईए) ले करिब ३७ ओटा देशबाट १७ सय विद्यार्थी उद्यमीहरुलाई प्रतिनिधित्व गर्ने गर्दछ । यसले उद्यमीहरुलाई अझै प्रोत्साहित गर्ने गर्दछ ।