कीवर्डहरू -

विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न

विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न

त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थानको ३३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । विज्ञान तथा प्रविधि अध्ययन स‌ंस्थान डीनको कार्यालयको ३३ औँ वार्षिकोत्सव अध्ययन संस्थानका डीन प्रा‍.डा. विनिल अर्यालको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त वार्षिकोत्सबमा अध्ययन संस्थानमा लामो समय सेवा पुर्याएका कार्यालय सहायक मीना श्रेष्ठ तथा कार्यालय सहयोगी  वासुदेव थापालाई दोसल्ला ‍‌ओढाई कदरपत्रले सम्मान गरिएको छ । उक्त कार्यक्रममा पूर्व डीन रामप्रसाद खतिवडालाई सभापतिले उपहार पनि प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा अध्ययन स‌ंस्थानका कर्मचारी सङ्घका सभापति मुकुन्दप्रसाद अर्यालले कर्मचारी तथा भवनको समस्याका बारेमा बोलेका थिए । मन्तव्यका क्रममा सहायक डीन खगेश्वर मण्डलले कार्यालयको अवस्था र कामले नै सबैले प्रशंसा पाउने बताए ।

कार्यक्रममा पूर्व डीन रामप्रसाद खतिवडाले कार्यालय सञ्चालनमा मुख्य भूमिका कर्मचारीकै हुने र आफु डीन हुँदाको अनुभव सहित यस डीन कार्यालय व्यवस्थित गर्न गर्नुपर्ने कुरा गर्ने उल्लेख गरे  ।

त्यस्तै डीन प्रा.डा. विनिल अर्यालले आफूले सबैको सल्लाह र सहयोगले काम गर्दै जाने बताए । स‍ंस्थानका मुख्य कार्यालय सहायक उपेन्द्र सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए ।