कीवर्डहरू -

एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप

एप्पलले चीनको स्टोरबाट हटायो ३९ हजार गेमिङ एप

एप्पलले ३९ हजार गेम एपलाई आफ्नो चीनको स्टोरबाट हटाएको छ । एकैदिनमा यति धेरै एप हटाइएको यो पहिलो पटक हो ।

एप्पलले बिहीबार ३९ हजार गेम बाहेक ४६ हजा एपहरु पनि एप स्टोरबाट हटाएको छ । लाइसेन्स लिनका लागी डेडलाइन सकिएकाले एप्पलले यस्तो गरेको हो ।

एप्पलको १५ सय पेड एपबाट ७४ ओटा मात्रै बाँकी राखेको छ । एप्पलले निर्माताहरुलाई जूनको अन्तिम सम्ममा सरकारले जारी गरेको लाइसेन्स नम्बर ल्याउन भनेको थियो ।

त्यही डेडलाइनलाई एप्पलले डिसेम्बर ३१ सम्म्को दिएको थियो । चीनको एन्ड्रोइड एप स्टोरले यो नियमावलीलाई पाहिले देखि नै मान्ने गर्दछन् । एप्पलले यसरी एपहरु हटाँउदा गेमका निर्माताहरुलाई भने भेरै फरक पार्ने देखिएको छ ।