कीवर्डहरू -

नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा

नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा

टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रिक स्कुटर नेपालमा भित्र्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यो इलेक्ट्रिक स्कुटरको ब्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ । त्यस्तै यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बरावरको छुट प्रदान गर्ने समेत जनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजार रुपैयाँ बराबरको एशोसरिज निःशुल्क पाउने छन् । एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन् ।

यो स्कुटरमा उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ । नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरि तीन कलरमा उपलब्ध रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ तोकिएको छ ।