कीवर्डहरू -

गूगलका कर्मचारीहरुले बनाए युनियन 

गूगलका कर्मचारीहरुले बनाए युनियन 

गूगलका कर्मचारीहरुले युनियन बनाएका छन् । यस युनियनमा २२६ जना इन्जिनियर र अरु पनि गूगलका कर्मचारीहरु रहेका छन् ।

यस संगठनलाई अल्फाबेट वर्कर्स यूनियन नाम दिइएको छ । यो अमेरिकाको संचारकर्मीहरु सँग आवद्ध भएको संगठन हो । यो संगठनमा विक्रेता, ठेकेदार र पुरै समय काम गर्ने ठेकेदारहरु रहेका छन् ।

यसले कर्मचारीहरुको एकतावद्ध रुपमा आवाज उठाउने अवसर दिन्छ । अल्फाबेटको माध्यमले कर्मचारीहरुले पनि कुनै निर्णयमा आफ्नो मत राख्न सक्नेछन् । यसमा भने २ लाख ६० हजार जना सदस्यहरु रहेका छन् ।

यो संगठनले सबैजनाले उचित तलब पाउने देखि लिएर, कामको समयमा शोषण हुन नदिन अथवा कुनै दुर्व्यवहार वा भेदभाव हुन नदिनका लागी काम गर्नेछ । यस संगठनले कर्मचारीहरुको कामको पदमा ध्यान नदिइकनै सबैको कुरा बराबरी रुपले सुन्नेछ ।

गूगलले धेरै पहिले देखि यो संगठनलाई जीवन प्राप्त गराउनबाट रोक  लगाउन चाहन्थ्यो तर कम्पनीलाई धेरै जानकारी नदिइकनै कर्मचारीहरुले यो संगठनको निर्माण गरेका हुन् । कर्मचारीहरुले केही समय देखि थुप्रै विधाहरुमा परिर्वतनको माग गरिरहँदा  अब भने आफ्नो कुरा सुनाउने एक उचित माध्यम निक्लेको छ ।

एजेन्सीको सहयोगमा