कीवर्डहरू -

सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने

सामसङले चाँडै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक गर्न सक्ने

सामसङले चाँडैनै स्मार्ट ट्रयाकिङ डिभाइस सार्वजनिक सक्ने भएको छ । यसको नाम ग्यालेक्सी स्मार्टट्याग हुनेछ ।

आगामी जनवरी १४ मा आयोजना हुने पहिलो ठूलो इभेन्टमा सामसङले ग्यालेक्सी एस २१ सँगसँगै ग्यालेक्सी बड्स प्रो निकाल्ने अनुमान गरिएको छ । भने सोही कार्यक्रममा सामसङ्ले स्मार्टटयागलाई पनि सार्वजनिक गर्न सक्ने बताइएको छ ।

केही अनलाइन रिपोर्टका अनुसार यो टाइल ट्रयाकर जस्तै देखिने गर्दछ । यो कालो रङ्ग बाहेक ओटमीलको जस्तो रङ्गमा पनि आउन सक्नेछ । यसले काम पनि टाइल कै जस्तै गर्ने अनुमान लगाइएको छ ।

यसको मूल्य र फिचरको बारेमा अरु केही पनि सार्वजनिक गरिएको छैन् । कार्यक्रममा ग्यालेक्सी एस २१ र  ग्यालेक्सी बड्स प्रो आउने भने निश्चित गरिएको छ ।