कीवर्डहरू -

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ ।

सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको कम्पनीले जनाएको हो ।

सीजीले हालै आफ्ना सबै ग्राहकबर्गहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ । जसको उद्देश्य यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विद्युतमा पनि बचत गराउनु भएको कम्पनीले बताएको छ ।

अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउँछ । तर सीजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विद्युतमा बचत पनि गर्नेछन् ।

सीजी ब्राण्डका इन्भर्टर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध छन । सीजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन् ।

सीजीका एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाइप एसी, अनअफ वाल माउन्न स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी रहेका छन् ।

यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध भएकोले छानिछानि आफ्नो आवश्यकताअनुरुप लिन सकिन्छ । सीजीका एसीहरुमा ५ वर्षको वारेन्टीका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने कम्पनीले जनाएको छ ।