कीवर्डहरू -

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनमा प्रवेश गर्‍यो नेपाली टिम

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा  नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ । पीएमजीसीमा अब नेपाली टिमले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो ।


यो पनि पढ्नुहोस्ः पब्जी खेलेर नेपाली युवाहरुले जिते ७१ लाख रुपैयाँ


फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेल खेलमा ३१२ अंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० प्राप्त गरेको थियो ।

त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा ११४ अंक मात्र बटुल्न सफषल भएको थियो । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबैमा हुँदै छ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् आजको विनिमय दर अनुसार करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ ।

नेपाली टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेसँगै नेपाली पब्जी प्रेमी उत्साहित भएका छन् ।