कीवर्डहरू -

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने

साओमीको एमआई ११ चाँडैनै विश्वव्यापी रुपमा सार्वजनिक हुने भएको छ । हाल भने यो फोनमा चीनमा मात्र सार्वजनिक भएको छ ।

अब भने कम्पनीले विश्वव्यापी रुपमा नै एमआई ११ सार्वजनिक गर्ने तरखर गरिरहेको छ । यस विषयमा कम्पनीले टीजर पनि निकालेको छ । यो पहिलो स्मार्टफोन हो जुनमा सबै भन्दा शक्तिशाली चीपसेट क्वालकम स्नापड्रागन ८८८ प्रोसेसर प्रयोग गरिएको छ ।

यस बाहेक कम्पनीले ग्लोबल सार्वजनिक बारेमा कुनै पनि विवरण सार्वजनिक गरेको छैन् । यो एन्ड्रोइड ११ मा चल्ने गर्दछ । यसमा एमआईयूआई १२ पनि रहेको छ । यसमा ६.८१ इन्चको डिस्प्ले पनि रहेको छ ।

यसमा रहेको एएमओएलईडी डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । यसमा इन डिस्प्ले सेन्सर समेत रहेको छ । यसमा ४६०० एमएचको ब्याट्री रहेको छ । भने दुई ओटा स्पीकर पनि रहेको छ ।