कीवर्डहरू -

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले खरिद गर्‍यो पोडकास्ट नेटवर्क वन्डरी

अमेजनले अमेरिकामा विश्वकै एउटा ठूलो र स्वतन्त्र वन्डरी नामक पोडकास्ट नेटवर्कलाई खरिद गरेको छ । वन्डरीले पहिले पनि केही एकदमै रमाइलो प्रोग्रामहरु ल्याएको थियो ।

अमेजनले डीलको पुरै जानकारी भने स्पष्ट पारेको छैन् । वाल स्ट्रीट जरनलको रीपोर्ट अनुसार डीलमा मूल्य ३०० मिलियन डलरको राखिएको थियो ।

अमेजनले स्पोटीफाई जस्तै पोडकास्टको सफलता पाउन  वन्डरीलाई किनेको हो । यसले गर्दा अमेजन तथा स्पोटीफाईलाई म्यूजिक लेबलहरुलाई लाईसेन्सको पैसा नतिरिकनै सब्सक्राइबरबाट पैसा कमाउन सक्छन् ।

यो डील कहिले सकिन्छ भनेर कुनै जानकारी आएको छैन् । यो सम्झौताले अमेजनलाई पोडकास्टको क्षेत्रमा अझै राम्रो बनाउनेछ ।

यसले वन्डरी प्रयोगकर्ताका लागी भने कुनै परिवर्तन ल्याउदैन । अमेजनका अनुसार वन्डरीले पहिले भन्दा अझै गुणस्तरीय सामाग्री निकाल्नेछ ।