कीवर्डहरू -

टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन

टेस्लाले चीनमा बनायो विश्वको सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन

टेस्लाले विश्वकै सबैभन्दा ठूलो सुपरचार्जर स्टेसन साङ्घाई चीनमा सार्वजनिक गरेको छ । यसमा ७२ ओटा स्टलको व्यवस्था रहेको छ ।

कम्पनीले गत महिना फ्रेसनो र क्यालिर्फोनियामा ५६ ओटा स्टलको व्यवस्था रहेको स्टेसन खोलेको थियो । यो सुपरचार्जर स्टेसन साङ्घाईको जीङ्गान अन्तराष्ट्रिय केन्द्रमा रहेको छ ।

यी सुपरचार्जरहरुले १५० किलोवाटको भी २ चार्जरको प्रयोग गर्ने गर्दछन् । क्यालिर्फोनियाको ५६ ओटा स्टलले भने २५० कीलोवाटको भी ३ चार्जरको प्रयोग गर्ने गर्दछन् ।

यसैले गर्दा क्यालिर्फोनियाको स्टलमा अलि चाँडै चार्ज हुने गर्दछ । टेस्लाले २० हजार ओटा स्थानीय रुपमा निर्मित ईभीको डेलिभर गरेको थियो । केही ईभीहरु चीनमै विक्री गरिन्छ भने अरु यूरोप पठाइन्छ ।