कीवर्डहरू -

डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान

डिशहोममा रिलिज भयो चलचित्र टार्गेट नम्बर वान

नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ रिलिज भएको छ ।

डिशहोमको सिनेमाघर इन्टरनेशनलमा पुस २१ मा ‘टार्गेट नम्बर वान’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन उक्त चलचित्रका  ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० बजे  हेर्न सकिने छ ।

सिनेमाघर इन्टरनेशनल च्यानलमा नम्बर ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । हलिउड चलचित्र ‘टार्गेट नम्बर वान’ हिन्दी वा अंग्रेजी मध्ये दुवै  भाषामा छानेर हेर्न सकिने डिशहोमले जनाएको छ ।

सिनेमाघर इन्टरनेशनल च्यानल नम्बर ९९९ मा हलिउड चलचित्र ‘टारगेट नम्बर वान’ हेर्न आई.भी.आर नम्बर ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार हेर्न सकिन्छ ।

डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१–४२१७६६६ मा फोन गरेर, टोल फ्रि नम्बर– १६६००१२२००० मा फोन गरेर अथवा ओडी ९९९ आफ्नो क्यासिड र हेर्न चाहेको चलचित्रको शो समय टाइप गरी साधारण एसएमएस पठाएर वा नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुःल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।