कीवर्डहरू -

सन् २०२० मा टेस्लाले निर्माण गर्‍यो पाँच लाख बढी विद्युतीय कार

सन् २०२० मा टेस्लाले निर्माण गर्‍यो पाँच लाख बढी विद्युतीय कार

टेस्लाले २०२० मा पाँच लाख बढी इलेक्ट्रीक  कार निर्माण गरेको छ । कम्पनीले २०२० को अन्त्य पूर्व ५ लाख ९ हजार ७३७ ओटा बिद्युतीय कार निर्माण गरेको हो ।

यो महामारी कै बिचमा गरिएकाले ठूलै उपलब्धि हो । ती मध्य धेरै मोडेल ३ र मोडेल वाई नै रहेका थिए । १०.८ प्रतिशत भने मोडेल एस र मोडेल एक्स रहेका थिए । अरु ब्रान्डहरु सँग दाजँदा टेस्लाले अझै पनि धेरै लामो यात्रा पार गर्न पर्ने नै देखिएको छ ।

२०१९ मा जीएमले ७.७ मिलियन कार र बीएमडब्लूले २.५ मिलियन कार बेचेको थियो । २०२१ मा टेस्लाको प्रस्तुती कस्तो रहन्छ भन्ने विषयमा सबैलाई उत्सुकता रहेका छ । मोडेल वाईको सङ्ख्या अब पक्कै पनि वृद्धि हुनेछ किनभने यसको निर्माण साङ्घाईमा पनि सुरु भएको छ ।