कीवर्डहरू -

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

१०० मा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने व्यक्ति प्रहरीको नियन्त्रणमा

महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले मंगलबार दिउँसो प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठूलो अपराध गर्छु अनि आफु नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।