कीवर्डहरू -

ट्रम्पको फेसबुक पेज २४ घण्टाको लागि लक, ट्वीटरले दियो अकाउन्ट नै खारेज गरिदिने चेतावनी

ट्रम्पको फेसबुक पेज २४ घण्टाको लागि लक, ट्वीटरले दियो अकाउन्ट नै खारेज गरिदिने चेतावनी

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पेज २४ घण्टाका लागि लक गरिदिएको छ । राष्ट्रपति ट्रम्पको फेसबुक पेजबाट फेसबुकको नीति उल्लघंन भएको भन्दै फेसबुकले २४ घण्टाका लागि फेसबुक पेज लक गरिदिएको हो ।

We've assessed two policy violations against President Trump's Page which will result in a 24-hour feature block, meaning he will lose the ability to post on the platform during that time.

— Facebook Newsroom (@fbnewsroom) January 7, 2021

फेसबुकले २४ घण्टाको लागि पेजबाट कुनै पनि पोष्ट गर्न नसक्ने गरी लक गरिदिएको हो । त्यस्तै ट्वीटरले पनि ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि लक गरिदिएको छ । ट्वीटरको नियम उल्लघंन गरेको भन्दै ट्वीटरले डोनाल्ड ट्रम्पको अकाउन्ट लक गरिदिएको हो ।

‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक अवस्थालाई ध्यानमा गर्दै हामीले डोनाल्ड ट्रम्पले गरेका आफ्ना तीन ट्वीट हटाउनु आवश्यक छ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ’ ट्वीटरले भनेको छ ।

As a result of the unprecedented and ongoing violent situation in Washington, D.C., we have required the removal of three @realDonaldTrump Tweets that were posted earlier today for repeated and severe violations of our Civic Integrity policy. https://t.co/k6OkjNG3bM

— Twitter Safety (@TwitterSafety) January 7, 2021

साथै भविष्यमा  ट्वीटरको नियम उल्लघंन गरे उक्त ट्विटर अकाउन्ट सधैंको लागि खारेज गरिदिने समेत ट्वीटरले चेतावनी दिएको छ ।

डोनाल्ड ट्रम्पले समर्थकलाई सम्बोधन गरेको भिडियो पनि ट्वीटर र फेसबुक दुबैले हटाएका छन् । ट्रम्पले दिउँसो आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै घर फर्किन आह्वान गर्दैं भिडियो पोष्ट गरेका थिए । साथै युट्युबले पनि ट्रम्पको भिडियो हटाएको छ ।