कीवर्डहरू -

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ४३ लाख रुपैयाँ बढी

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ४३ लाख रुपैयाँ बढी

भर्चुअल क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार अमेरिकी डलर कायम भएको छ । क्वाइन डेस्क का अनुसार बिटक्वाइनको मूल्य पहिलोपटक ३७ हजार डलर अर्थात ४३ लाख नेपाली रुपैयाँ भन्दा बढी कायम भएको हो ।

केही दिन अगाडी मात्रै बिटक्वाइनको मूल्य ३० हजार अमेरिकी डलर कायम भएको थियो । बिटक्वाइनको मूल्य वृद्धि हुनुमा यसमा लगानी गर्न इच्छुक लगानीकर्ता धेरै रहेको बताइएको छ । बिटक्वाइनको मूल्य गत वर्षको भन्दा ८०० प्रतिशतले बढेको छ ।

विज्ञहरुले बिटक्वाइनको मूल्य अझै बढ्न सक्ने बताएका छन् । केही समय अगाडी अनलाइन पेमेन्ट गेटवे पेपालले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सी कारोबार गर्न अनुमति दिने जानकारी दिएको थियो ।