कीवर्डहरू -

हेटौडामा प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धित दुई दिने वर्कशप आयोजना हुने

हेटौडामा प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धित दुई दिने वर्कशप आयोजना हुने

हेटौडा सिटि कलेजले टेक्नोरियो इन्कर्पोरेशनको सहयोगमा भोलिबाट सुरु हुने गरि प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धि दुई दिने वर्कशप आयोजना गर्ने भएको छ ।

बिजनेस प्रक्रिया सुधार गर्न,बिल्डिंग तथा पुलहरुको निर्माण,प्राकृतिक प्रकोपबाट राहत प्राप्त गर्न र नयाँ भौगोलिक बजारमा सेल्सको बृद्दी गर्न सफ्टवेयरको विकास गर्नुनै प्रोजेक्ट हो । \"\"

अथवा प्रोजेक्ट म्यानेजमेन्ट भनेको प्रोजेक्ट रिक्वायरमेन्ट पुरा गर्न प्रोजेक्ट एक्टिभिटिजको लागि नलेज,स्किल,टुल्स तथा टेक्निकको एप्लिकेशनको हो । यसकारण आइटीका बिद्यार्थीहरुको प्रोजेक्ट म्यानेजमेन्टका बारेमा क्षमता बृद्दी गर्ने उद्देश्यका साथ यो वर्कशप आयोजना गरिएको हो ।

टेक्नोरियो कम्पनिको सहयोगमा प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप आयोजना हुने भएको हो । टेक्नोरियो सफ्टवेयर भेन्डर हो । जसले धेरै प्रकारका आईटी सेवा समेत प्रदान गर्दछ ।

उक्त कम्पनिमावेब सोलुसन,सफ्टवेयर र एप्लीकेसन डेभलपमेन्ट तथा अन्य थुप्रै आइटीका साधनहरु सम्बन्धित बिशेषज्ञहरु समेत भएका कारण उक्त दुई दिनको प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप अझ प्रभावकारी हुने देखिएको छ ।

प्रोजेक्ट म्यानेजमेन्ट वर्कशप एप्रिलको ११ र १२ मा हेटौडाको होटेल लिडो इनमा संचालन हुनेछ भने समय बिहान ८ बजे बाट सुरु हुनेछ ।

सम्बन्धित समाचार

A Strong Year for Nepal at Flame Awards Asia 2026 in New Delhi

From Thamel to Nasdaq: The AI Journey of Dr. Sameer Maskey

China’s AI Model “Seedance 2.0” Shakes Hollywood

How In-Flight Wi-Fi Works: Technology Behind Connectivity in the Air