अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ । आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क लाग्ने भएको हो ।
नयाँ व्यबस्था जारी गर्दैं नेपाल राष्ट्र बैंकले महिनामा २ पटकसम्म अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशूल्क र त्यसपछि भने बैंकहरुले प्रति कारोबार २० रुपैयाँसम्म शूल्क लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले यसअघि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क नलाग्ने व्यवस्था गरेको थियो । तर उक्त निर्णय गरेको केही महिना पछि राष्ट्र बैंक आफै पछाडी हटेको छ ।