कीवर्डहरू -

मोबाइल बैंकिङको युजरनेम र पासवर्ड बिर्सिएमा अब आफैले सेट गर्न पाइने

मोबाइल बैंकिङको युजरनेम र पासवर्ड बिर्सिएमा अब आफैले सेट गर्न पाइने

बैंक तथा वित्तिय संस्थाको मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफैले पुनः सेट गर्न सकिने भएको छ ।

आगामी माघ १ गतेदेखि लागु हुने गरी नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गर्दैं आवश्यक सुरक्षा प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल/इन्टरनेट/एसएमएस बैंकिङ सेवाको आफ्नो युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफै प्राप्त गरी सेवा सुचारू गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यसअघि मोबाइल/इन्टरनेट/एसएमएस बैंकिङ सेवाको आफ्नो युजरनेम र पासवर्ड हराएमा वा बिर्सिएमा बैंक तथा वित्तिय संस्था सम्म धाउनुपर्ने बाध्यता रहेको थियो ।