कीवर्डहरू -

जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क बने विश्वकै सबैभन्दा धनी व्यक्ति

जेफ बेजोसलाई पछि पार्दैं एलन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बिहीबार टेस्लाको शेयरमा वृद्धि भएसँगै इलन मस्क संसारकै धनी व्यक्ति बन्न सफल भएका हुन् ।

टेस्लाको शेयरमा वृद्धि भएसँगै मस्कको सम्पती १९५ अर्ब डलर पुगेको छ । यो समाचार तयार पार्दा सम्म ब्लुमबर्ग बिलिनियर्स इन्डेक्स का अनुसार मस्कको आजको टोटल नेटवर्थ १९५ बिलियन डलर रहेको छ । भने अमेजनका मालिक जेफ बेजोसको टोटल नेटवर्थ १८५ बिलियन डलर रहेको छ ।

त्यस्तै बिल गेट्सको टोटल नेट वर्थ १३४ बिलियन डलर रहेको छ । मस्क संसारको धनी व्यक्ति भएपछि ट्वीटरमा कस्तो अचम्म भन्दै एक ट्वीट गरेका छन् ।

. @elonmusk is now the richest person in the world at $190 billion.

— Tesla Owners of Silicon Valley (@teslaownersSV) January 7, 2021