कीवर्डहरू -

नेपाली बजारमा ओप्पो ए १२ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य  

नेपाली बजारमा ओप्पो ए १२ स्मार्टफोनको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य  

ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ओपो ए १२ ३ जीबी र्‍याम भएको फोनको मूल्य घटाएको छ । पहिले १८ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा १ हजार रुपैयाँ कटौतीका साथमा अब कम्पनीले १७ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दूई रङमा उपलब्ध छ । सन् २०२० को अगस्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

यसमा ६.२२ इन्चको डिस्प्ले उपलब्ध रहेको छ । ओपो ए१२ ३ जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप राखिएको छ । यसमा १३ मेगापिक्सेल क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २ मेगापिक्सेल क्षमताको क्यामेरा जडान गरिएको छ ।

यी क्यामेरामा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५ मेगापिक्सेल क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

यसमा ८ कोरको मिडियाटेक हेलियो पी ३५ चीपसेट राखिएको छ । फोनमा ३जीबी र्‍याम र ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

फोनमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर्स र फेस अनलक फिचर्स लगायत सुविधापनि उपलब्ध छ । यसमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।