कीवर्डहरू -

पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर

पोडकास्ट एप ब्रेकरलाई खरिद गर्दैं ट्वीटर

चर्चित पोडकास्ट एप ब्रेकरलाई ट्वीटरले किन्ने भएको छ । यसको कारणले ब्रेकरले एप र वेबसाइट अर्को हप्ता देखि बन्द गर्ने भएको छ ।

ब्रेकरको ब्लग अनुसार अब प्रयोगकर्ताहरुले आफ्नो सब्सक्रिप्सनलाई एप्पल या स्पटीफाई जस्तो पोडकास्ट एपमा पठाउन सक्नेछन् । ब्रेकरले अडियो सञ्चारलाई सबैभन्दा बढि प्राथमिकता दिने भएकाले यो कदम चालेको बताएको छ ।

ट्वीटरको विश्वभरीको सञ्चार प्रक्रियालाई प्रोत्साहन गरिरहेको काम मनपरेकाले अब सँगै मिलेर काम गर्ने निर्णय लिएको ब्रेकरले बताएको छ ।

हालैमा अमेजनले पनि वन्डरी पोडकास्ट नेटवर्क किनेको थियो । यसले गर्दा अमेजन तथा स्पटीफाई जस्ता म्यूजिक लेबलहरुलाई लाईसेन्सको पैसा नतिरिकनै सब्सक्राइबरबाट पैसा कमाउन सजिलो हुन्छ । यसले ब्रेकरको प्रयोगकर्ताका लागी भने कुनै परिवर्तन ल्याउदैन् ।