कीवर्डहरू -

सस्तो फोनहरुका लागि क्वालकमले ल्यायो फाइभजी प्रोसेसर

सस्तो फोनहरुका लागि क्वालकमले ल्यायो फाइभजी प्रोसेसर

सस्तो फोनहरुका लागि क्वालकमको स्न्यापड्रयाग्न ४८० फाइभजी प्रोसेसर सार्वजनिक भएको छ । सामसङ र साओमीले निरन्तर प्रयास गरिरहे पनि अहिले फाइभजी सपोर्ट धेरै जसो महङ्गो फोनहरुमा मात्रै हुने गरेको छ ।

तर यो वर्ष देखि भने बजेट फोनहरुमा पनि फाइभजीको सुविधा उपलब्ध हुनेछ हुनेछ । क्वालकमको नयाँ स्न्यापड्रयागन ४८० चीपसेटमा बील्ट इन एक्स ५१ मोडेम पनि रहेको छ ।

एक्स ५१ मोडेमले गर्दा यो अहिले चल्ने जुन कुनै फाइभ जी नेटवर्कलाई सपोर्ट गर्नेछ । यसले २.५ जीबी पर सेकेन्डको रफतारमा डाउनलोडको गति दिनेछ । अपलोड भने ६६० एमबी पर सेकेन्डको रफतारमा हुने गर्दछ ।

यो अरु नेट भन्दा धेरै नै चाँडो चल्ने गर्दछ । ८ न्यानो मिटरको निर्माण प्रक्रियाको कारणले यसले स्न्यापड्रयाग्न ४६० भन्दा १०० प्रतिशत राम्रो प्रस्तुती गर्ने कम्पनीले जनाएको छ । यसमा भएको अरु राम्रो फिचर हेर्दा यसमा ब्लूटूथ ५.१ पनि रहेको छ ।

यसमा छिटो चार्ज हुने पनि सुविधा रहेको छ । यो धेरै जसो स्मार्टफोनको सुरुवाती स्मार्टफोनमा रहने मानिएको छ । कुन स्मार्टफोन यो रहने बारे केही महिना पछि थाहा हुनेछ ।