कीवर्डहरू -

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै

इन्स्टाग्रामले डेक्स्टपको स्टोरीका लागी नयाँ डिजाइन परीक्षण गर्दै छ । यसले स्टोरीको फिचरलाई अझै आर्कषक बनाउने अनुमान लगाइएको छ ।

यो भने अब बक्स जस्तो बनेर आउनको सट्टा फिल्म जस्तो देखिने गरि आँउछ जसले गर्दा आफूले कहाँ सम्म स्टोरी हेरेर सकीसके र आगामी स्टोरीमा के छ भन्ने पनि थाहा हुन्छ ।

यो फिचर कति जना प्रयोगकर्ताहरुले पाइरहेका छन् भन्ने बारे चाँही निश्चित गरिएको छैन् । यो स्थायी रुपमा प्राप्त हुन्छ की हुदैन् भन्ने बारे भने थाहापाइएको छैन् । अहिले लागी यो डेक्स्टपको साइटमा मात्रै उपलब्ध छ ।

इन्स्टाग्रामले डेक्स्टप साइटलाई बिस्तारै सुधार गर्दै लगेता पनि स्टोरीको मामिलामा सुधार एकदमै महत्वपूर्ण नै देखिन्छ । त्यही कारणले यो ठूलो परिवर्तन नभएता पनि एप बाहिर चलाउने प्रयोगकतर्ताहरुका लागी यो केही भिन्न भने हुनेछ ।