कीवर्डहरू -

डेलले सार्वजनिक गर्‍यो ४० इन्चको अल्ट्रावाइड मनिटर

डेलले सार्वजनिक गर्‍यो ४० इन्चको अल्ट्रावाइड मनिटर

डेलले आफ्नो पहिलो ४० इन्चको अल्ट्रावाइड मनिटर सार्वजनिक गरेको छ । यो कर्भ आकारको रहेको छ । यसको ५१२० २१६० को रीजोल्यूसन रहेको छ । यसले पुरै एउटा फोरके भिडियो पनि फिट गर्न सक्छ ।

यसको नाम अल्ट्रासार्प ४० हो । यसले धेरै रङ्गको कभरेज दिने गर्दछ । यसको रङ्गको प्रस्तुती पनि एकदमै राम्रो रहेको छ । डेलले एचडीआरको बारेमा केही नभनेकाले यो फिचर भने मनिटरमा छैन भन्ने अनुमान गरिएको छ ।

यसले पीसीका लागी भनेर ९० वाटको पावर चार्जिङ्ग पनि दिने गर्दछ । यसले एकदमै चाँडो डेटा ट्रान्सफर पनि दिने गर्दछ जुन भने १० जीबी पर सेकेन्ड रहेको छ । यो जनवरी २८ मा उपलब्ध हुनेछ र यसको मूल्य २१०० अमेरिकी डलर पर्ने गर्दछ रहेको छ ।

यसले माइक्रोसफ्ट ३६५ को फिचरलाई पनि हालेको छ । यसमा डिजाइनका लागी क्लाक्सजुन पनि रहेको छ । यो ५५ र ६५ इन्चमा रहेको छ । यसले बहुप्रयोगकर्ताहरुलाई एकै चोटि लेख्न या चित्र बनाउन पनि दिन्छ ।