कीवर्डहरू -

जीमेलमा यसरी गर्नुहोस् च्याट पीन

जीमेलमा यसरी गर्नुहोस् च्याट पीन

गूगलले केही समय अगाडी नयाँ फिचर सार्वजनिक गरेको थियो । जसले गर्दा महत्वपूर्ण गूगल च्याटहरु पीन गर्न सकिन्छ । यो बायाँ साइडमा रहेको नेभिगेसन बारबाट चलाउन सकिन्छ ।

यसले गर्दा महत्वपूर्ण च्याटहरु खोज्न अत्यन्तै सजिलो हुन्छ । यसमा वान टू वान वा मल्टि यूजर च्याट दुवैलाई पीन गर्न मिल्छ । ठूलो च्याट रुमहरुलाई पनि पीन गर्न सकिन्छ ।

यसरी गर्नुहोस् जीमेलमा च्याट पीन

१. शुरूमा गूगल च्याट वा जीमेल साइन इन गर्ने
२. त्यसपछि च्याट वा रुमको कनभरसेसनमा पोइन्ट गर्ने
३. त्यसपछि तीन ओटा थोप्ला भएको र्भटिकल डटमा थिच्ने
४. त्यसपछि त्यहाँ च्याट पीन गर्ने एउटा अप्सन आउँछ । त्यही अप्सनलाई थिचेपछि च्याट पीन हुन्छ ।