कीवर्डहरू -

विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट

विन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले वीन्डोज टेनको टास्कबारमा नयाँ फिचर थप्ने भएको छ । कम्पनीले टास्कबारमा न्यूज र इन्ट्रेस्ट वीजेट दिन सुरु गरिसकेको छ ।

यसले गर्दा प्रयोगकर्ताहरुलाई न्यूज फीड, मौसमको सूचना, स्टकको सूचनाहरु सबै टास्कबारमा नै पाइन्छ ।

यो फिचर कुनै तेस्रो पार्टी एप वा सफ्टवेयर बिना नै चल्ने गर्दछ । केही वर्ष अगाडि पीपल वीजेट थपिएको थियो ।

कम्पनी चाँही एमएसएन न्यूज सेवामा भर परिरहेको छ ।  यसमा ४५०० भन्दा बढि स्रोतहरुबाट न्यूज संकलन गरेर समाचार दिइन्छ ।

वीजेटलाई कस्टोमाइज गर्न पनि मिल्छ । यो फिचर विज्ञापन मुक्त पनि हुनेछ । अहिलेका लागी सुविधा भारत, अमेरिका, क्यानेडा, अष्ट्रेलिया, लन्डनमा उपलब्ध भएको छ ।